मध्य अफ्रीकी गणराज्यमा नाउ डूबेर 50 भन्दा धेरैको मृत्यु
मध्य अफ्रीकी गणराज्यमा नाउ डूबेर 50 भन्दा धेरैको मृत्यु


बंगुई, 21 अप्रेल (हि.स.)। मध्य अफ्रीकी गणराज्यमा यात्रीहरू लिएर गइरहेको नाउ नदीमा डूब्दा 58 जनाको मृत्यु भएको छ। नाउमा क्षमताभन्दा धेरै मानिसहरू यात्रा गरिरहेको हुॅंदा दुर्घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले शनिवार भने, 300 जनालाई लिएर नाउ राजधानी बंगुई भएर बग्ने मपोको नदी पार गरिरहेको थियो, त्यही समय दुर्घटना भयो। स्थानीय नाउ चालक र माछा समात्ने मान्छेहरूले सबैभन्दा पहिला बचाउ अभियान शुरू गरे।

बचाउ अभियानमा सामेल एड्रियन मोसामोले भने, सैन्यकर्मीहरू पुग्दासम्म 58 जनाको शव निकालिएको थियो। बंगुई विश्वविद्यालय अस्पतालका एक अधिकारीले भने, बचाउ अभियान चलिरहेको छ र मृतकहरूको संख्या बढ्न सक्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande