अजीत डोभालले रूसी समकक्षसॅंग द्विपक्षीय सहयोगको समीक्षा गरे
अजीत डोभालले रूसी समकक्षसॅंग द्विपक्षीय सहयोगको समीक्षा गरे


मस्को, 25 अप्रेल (हि.स.)। भारतको राष्ट्रिय सल्लाहकार अजित डोभालले बुधवार रूसको राष्ट्रिय सुरक्षा सल्लाहकार निकोलाई पेत्रुशेवसॅंग द्विपक्षीय सहयोगमाथि जारी प्रगतिको समीक्षा गरे। साथै आपसी हितका महत्वपूर्ण मुद्दाहरूमाथि विचार-विमर्श गरे। डोभालको यस महिना पेत्रुशेवसॅंग दोस्रो भेट हो।

मस्कोस्थित भारतीय दूतावासले एक्समा भनेको छ, डोभालले सेन्ट पीटर्सबर्गमा सुरक्षा मामिलाको निम्ति जिम्मेवार उच्चाधिकारीहरूको 12औं अन्तरराष्ट्रिय बैठकको अवसरमा पेत्रुशेवसॅंग द्विपक्षीय वार्ता गरे। दुवै पक्षले द्विपक्षीय सहयोगमा प्रगतिको समीक्षा गरे र आपसी हितका महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरे।

डोभालले 22 मार्चका दिन मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्की हमलाको निन्दा गरे। उनले खतरासॅंग जुझ्न दोहोरो मापदण्डबाट जोगिन आह्वान गरे। यस महिनाको शुरूवातामा डोभालले अस्तानामा शंघाई सहयोग संगठनका सदस्य देशहरूको सुरक्षा परिषदका सचिवहरूको 19औं वार्षिक बैठकको अवसरमा पेत्रुशेवसॅंग भेट गरेको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande