नेपाल: उपचुनाउको मतगणना आज
नेपाल: उपचुनाउको मतगणना आज


काठमाडौं, 28 अप्रेल (हि.स.)। नेपालमा भएको एक सीटको निम्ति संसदीय उपनिर्वाचनको मतगणना आइतवार दिउॅंसोदेखि शुरू हुनेछ। इलाममा भएको उपनिर्वाचनका सबै मतपेटिका सङ्कलन भएका छन्।

इलामका प्रमुख जिल्ला अधिकारी एवं मतदान अधिकृत इन्द्रदेव यादवले भने, अबे रातिसम्म मतपेटिका सङ्कलन गर्ने काम पूरा गरियो। आज बिहान सर्वदलीय बैठकपछि दिउॅंसो 12 बजीदेखि मतगणना शुरू हुनेछ। इलामको सभागारमा मतगणनाको निम्ति सबै तयारी र सुरक्षा बन्दोबस्त गरिएको छ।

यस उपनिर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठा दाउॅंमा लागेको छ। उनको पार्टीका वरिष्ठ नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्बाङको निधनपछि खाली भएको सीटमा एमालेले उनको छोरा सुहाङ नेम्बाङलाई टिकट दिएको छ। ओलीको गृह जिल्ला भएकाले उनले प्रचारमा पनि निकै समय दिएका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande