बाइक चोर पक्राउ, बाइक पनि जफत
बाइक चोर पक्राउ, बाइक पनि जफत


सिलगढ़ी, 24 अप्रेल (हि.स.)। एनजेपी थानाको पुलिसले चोरीको बाइकसितै आरोपीलाई पनि पक्राउ गरेको छ। आरोपीको नाम दीपांकर भक्त हो।

पुलिस सूत्र अनुसार गत 15 अप्रेलमा एनजेपी थाना अन्तर्गत भालोबासा मोड़को राधाकृष्ण मन्दिर क्षेत्रबाट लक्ष्मण माझीको बाइक चोरी भएको थियो। घटनापछि लक्ष्मण माझीले एनजेपी थानामा सिकायत दर्ता गराएका थिए। त्यसपछि एनजेपी थानाको पुलिसले जाँच शुरू गऱ्यो। यसै क्रममा पुलिसले गए मंगलवार अबेर राती दीपांकर भक्तलाई समातेर जाँचबुझ गऱ्यो। त्यसपछि आरोपीको कब्जाबाट चोरीको बाइक जफत गरियो।

पुलिस सूत्र अनुसार आरोपीले बाइक चोरी गरेर बेच्ने दाउमा थिए। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande