देशमा परिवर्तनको लहर छ, त्यो लहरले दार्जीलिङलाई पनि छोडने छैन: डा मुनिष तामाङ
देशमा परिवर्तनको लहर छ, त्यो लहरले दार्जीलिङलाई पनि छोडने छैन: डा मुनिष तामाङ


दार्जीलिङ, 24 अप्रेल (हि.स.)। देशमा परिवर्तनको लहर चलेको छ र 26 अप्रेलमा परिवर्तनको लहरले दार्जीलिङ पहाडलाई पनि छुने। कांग्रेस उम्मेदवार डा मुनिष तामाङले आफ्नो जित निश्चित रहेको बताउॅंदै यस्तो दाबी गरेका हुन्।

कालेबुङको डम्बर चौकमा इण्डी गठबन्धन समर्थित कांग्रेस उम्मेदवार डाक्टर मुनिष तामाङको चुनावी पथसभा सम्पन्न भयो। चुनावी पथसभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार तामाङले देशमा परिवर्तनको लहर चलेको बताए। उनले भने, देशको अन्य लोकसभा आसनहरू लगायत दार्जीलिङ लोकसभा आसनमा पनि 26 अप्रेलको दिन मतदान हुँदैछ। दार्जीलिङमा पनि परिवर्तनको लहरले अवश्यै छुनेछ।

उनले देशमा भाजपाको धरातल खकिॅंदै गइसकेको छ भन्दै 4 जूनको दिन आम चुनाउको परिणाम सबैको अघि आउनेछ र दिल्लीमा नयाँ सरकारको गठन हुनेछ भनी ठोकुवा गरे।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande