लोकसभा चुनाउ: मुरैनामा मोदीले भने- कांग्रेस विकास विरोधी हो
लोकसभा चुनाउ: मुरैनामा मोदीले भने- कांग्रेस विकास विरोधी हो


मुरैना, 25 अप्रेल (हि.स.)। प्रधानमन्त्री एवं भाजपाका वरिष्ठ नेता नरेन्द्र मोदी लगातार दोस्रो दिन आज मध्यप्रदेशको भ्रमणमा छन्। गत 18 दिनमा प्रदेशमा उनको यो छैटौं भ्रमण हो। मुरैनामा भाजपाको लोकसभा उम्मेदवार शिवमंगल सिंह तोमरको समर्थनमा पुलिस परेड ग्राउन्डमा आयोजित सभालाई सम्बोधित गर्दै उनले भने, कांग्रेस पार्टी विकास विरोध हो। यो पार्टीदेखि टाड़ा बस्नु असल हो। सभालाई प्रदेश भाजपा अध्यक्ष वीडी शर्मा र अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए।

प्रधानमन्त्री मोदीले कांग्रेसलाई निशाना बनाउॅंदै भने, कांग्रेस विकास विरोधी पार्टी हो। मध्यप्रदेश र मुरैनाका जनतालाई थाहा छ, समस्याबाट एकपल्ट छुटकारा पाएपछि त्यसबाट टाड़ै बस्नुपर्छ। 4 जूनपछि मुख्यमन्त्री मोहन यादवको नेतृत्वमा मध्यप्रदेशको विकास अझ द्रुत गतिमा अगाडि बढ्नेछ। भाजपाको निम्ति देशभन्दा ठूलो अरू केही छैन। कांग्रेसको निम्ति आफ्नो परिवार नै सबै थोक हो।

प्रदेश भाजपा अध्यक्ष वीडी शर्माले पनि सभालाई सम्बोधित गर्दै कांग्रेसको नीतिहरूको आलोचना गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande