हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले गरे मतदान
Saint Roberts school 


दार्जीलिङ, 26 अप्रेल (हि.स.)। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आज आफ्नो 84 वर्षीय आमाको साथमा मताधिकार प्रयोग गरेका छन्। उनले दार्जीलिङको सन्त रोबर्ट हाई स्कूलमा स्थापित बुथमा आफ्नो मताधिकार प्रयोग गरे।

आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टीको केन्द्रिय अध्यक्ष अजय एडवर्डले दार्जीलिङ पहाडमा चुनाउ शान्तिपूर्ण भइरहेको बताए। उनले आज 26 अप्रेलमा मतदान भइरहेको र भोलि 27 अप्रेलदेखि पुन: जनसेवाको कार्यमा लाग्ने बताए । उनले हाम्रो समाज सेवाको कार्य र पार्टी गतिविधिको कार्य जारी रहनेछ भनी बताएका छन्।

हाम्रो पार्टी अध्यक्षले प्रश्नको उत्तरमा तृणमूल र भागोप्रमो भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। उनले फर्जी टेट परीक्षा गराएर भ्रष्टाचार गरेको र आफुहरू यस मुद्दालाई लिएर हाई कोर्टमा जाने बताए ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande