तीनधारे महानदी समष्टि क्षेत्रमा चुनाउ शान्तिपूर्ण
Election 


खरसाङ, 26 अप्रेल (हि.स.)। खरसाङ खण्ड अन्तर्गत गिद्ध पहाड़, महानदी, घैयाबारी, तीनधारे क्षेत्रमा चुनाउ शान्तीपूर्ण भईरहेको छ। खरसाङको तीनधारे महानदी समष्टिको विभिन्न बुथहरूमा चुनाव शान्तिपूर्ण रूपमा भइरहेको छ। मानिसहरू बिहानदेखि लाइनमा बसेर भोट हालिरहेका छन् भने अपरान्हको समय मानिसहरूको भीड केही कम भएको छ।

यी क्षेत्रहरूमा 14 जना प्रार्थीहरू मध्ये प्राय: जसो बुथहरूमा भाजपा प्रार्थी राजु विष्ट र भागोप्रमो समर्थित तृणमूल कंग्रेसका प्रार्थी गोपाल लामाको पक्षमा मानिसहरू बसेको देखियो। कंग्रेस र अन्य पार्टी साथै निर्दलीय प्रार्थीहरूको पक्षमा त्यति समर्थक देखिएन।

पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको 22 वटै बुथहरुमा चुनाउ शान्तिपूर्ण रूपमा भइरहेको जानकारी गराए। उनले दिउँसो 1 बजीसम्म कुनै घटनाको रिपोर्ट नआएको बताए। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईका भाजपा पञ्चायत सदस्या सुष्मिता गजमेरले पनि चुनाउ शान्तिपूर्व ढंगमा भइरहेको बताएका छन् ।

हिन्दुस्थान समाचार/ हनोक


 rajesh pande