भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाले गरे मतदान
भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाले गरे मतदान


— चुनाउ प्रचार शान्तिमय भयो भने मतदान पनि शान्तिमय तरिकाले नै हुनेछ: अनित थापा

खरसाङ, 26 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय अध्यक्ष अनित थापाले खरसाङको नयाँ बजारस्थित टाउन हलमा स्थापित बुथ नम्बर 207 मा आफ्नो मतदान गरेका छन्। मतदानपछि पत्रकारहरूसित कुराकानी गर्दै थापाले भने, चुनाउ प्रचार शान्तिमय ढंगमा सम्पन्न भएको थियो भने मतदान पनि शान्तिमय तरिकाले नै हुनेछ।

भाजपाका नेताहरुबाट पैसा जफत गरिएको विषय आफ्नो प्रतिक्रिया दिँदै थापाले भने, भाजपा संगठन नभएको पार्टी हो। पोलिङ एजेन्टसम्म छैन। भाजपा पैसाले चुनाए जित्न चाहन्छ, हामी सोचले चुनाउ जित्नेछौं। हामी निश्चितरूपमा विजयी बन्नेछौं।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande