राभा हासोङ परिषदलाई संवैधानिक मर्यादा दिने प्रस्ताव: मुख्यमन्त्री
राभा हासोङ परिषदलाई संवैधानिक मर्यादा दिने प्रस्ताव: मुख्यमन्त्री


ग्वालपाडा, 26 अप्रेल (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्यको राभा हासोङ स्वायत्तशासी परिषदलाई संवैधानिक मर्यादा दिने सम्बन्धमा प्रस्तावलाई असम सरकारले अनुमोदन गरेर दिल्ली पठाउने निर्णय लिएको छ।

मुख्यमन्त्री सरमाले शुक्रवार ग्वालपाडामा एक कार्यक्रममा सामेल भएपछि मिडियासॅंग कुराकानी गर्दै उक्त कुरा भने। उनले भने, यस क्षेत्रका मानिसहरूको माग राज्य सरकारले यस सन्दर्भमा प्रस्ताव पारित गरेर केन्द्रमा पठाउन् भन्ने थियो। असम सरकारले यस्तै गर्ने निर्णय लिएको छ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्रीले भने, हामीलाई असममा जति सीट चाहिन्छ, त्यति सीट प्राप्त हुनेछ। मुख्यमन्त्रीले भाजपा नेता राजेन गोहाईद्वारा गरिएको कथित पार्टी विरोधी बयानसित सम्बन्धित प्रश्नको जवाफमा उक्त कुरा भनेका हुन्।

उनले भने, राजेन गोहाईको बयानलाई पार्टीको राष्ट्रिय अध्यक्ष समक्ष पठाइने छ। राष्ट्रिय अध्यक्षले यस मुद्दामाथि निर्णय लिनेछन्। उनले भने, हाम्रो पार्टी शक्तिशाली छ। यहॉं निर्णय लिन समय लाग्दैन।

हिन्दुस्थान समाचार


 rajesh pande