बालुरघाटमा किन्नरहरूले गरे मतदान, मताधिकार प्रयोग गरेपछि खुसी व्यक्त गरे
बालुरघाटमा किन्नरहरूले गरे मतदान, मताधिकार प्रयोग गरेपछि खुसी व्यक्त गरे


दक्षिण दिनाजपुर, 26 अप्रेल (हि.स.)। पश्चिम बंगालका तीन लोकसभा सीट क्रमैले दार्जीलिङ, रायगंज औ बालुरघाटमा शुक्रवार मतदान भइरहेको छ। बालुरघाटमा आम मतदाताहरूले जस्तै तेस्रो लिंगी (थर्ड जेण्डर) 79 जना मतदाताहरू पनि मतदान गर्न पुगे। प्राप्त जानकारी अनुसार शुक्रवार बिहान दक्षिण दिनाजपुरको बालुरघाट केन्द्रमा थर्ड जेण्डर मतदाताहरू आफ्नो भोटर कार्ड लिएर पंक्तिबद्ध भएका थिए। बालुरघाटकोवार्ड नम्बर 21स्थित सामुदायिक भवनमा मतदान भइरहेको छ। यहाँ बिहान महिला अनि पुरूषहरू मतदान गर्न पुगे। थर्ड जेण्डर मतदाता चम्पा पनि पंक्तिबद्ध भएका बुजुर्गहरूसितै मतदान गर्न पुगे।

उनले बताए, मतदान गर्नु राम्रो लाग्छ। शान्त अनि निष्पक्ष परिवेशमा मतदान गर्ने व्यवस्था गरिएकोमा चुनाउ आयोगलाई धन्यवाद दिँदै उनले भने, उनीसित पहिला भोटर कार्ड थिएन। उनले भोटर कार्ड प्राप्त गरेको दश वर्ष भयो। यसपालि उनले आफ्नो लोकतान्त्रिक अधिकारहरूको प्रयोग गर्न सकेका छन्। बालुरघाट लोकसभा क्षेत्रमा 36 वटा बूथ महिलाहरूद्वारा संचालित छन्। केन्द्रिय बलका महिला सुरक्षाकर्मीहरूले पनि सुरक्षाको कमान सम्हालिरहेका छन्।

उल्लेखनीय छ, बालुरघाट लोकसभा क्षेत्रमा सातवटा विधानसभाहरू क्रमैले बालुरघाट, कुमारगंज, तपन, गंगारामपुर, कुशमंडी, हरिरामपुर र इटाहार सामेल छन्. बालुरघाट लोकसभा क्षेत्रमा मतदाताहरूको मोठ संख्या 15 लाख 56 हजार 907 छ जसमा महिला मतदाताहरूको संख्या 7 लाख 61 हजार 52 छ भने पुरूष मतदाताहरूको संख्या 7 लाख 95 हजार 776 तथा थर्ड जेण्डर मतदाताहरू 79 जना छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande