बंगालः दुई घण्टामा 241 सिकायत चुनाउ आयोग समक्ष पुग्यो
बंगालः दुई घण्टामा 241 सिकायत चुनाउ आयोग समक्ष पुग्यो


कोलकाता, 26 अप्रेल (हि.स.)। देशका 13 वटा राज्यहरूका 88 वटा लोकसभा सीट सहित पश्चिम बंगालमा पनि तीनवटा सीटहरूमा चुनाउ भइरहेको छ। दार्जीलिङ, रायगंज तथा बालुरघाट लोकसभा क्षेत्रमा भइरहेको मतदानको क्रममा प्रारम्भिक दुई घण्टाभित्रमा चुनाउ आयोग समक्ष 241 सिकायतहरू पुगेका छन् जसमध्ये अधिकांश सिकायत पुलिस अनि तृणमूल कंग्रेससित सम्बन्धित छन्।

आयोग अनुसार सबैभन्दा अधिक सिकायत बालुरघाट तथा रायगंज लोकसभा क्षेत्रबाट दर्ता गरिएको छ। बिहान नौ बजेसम्ममा आयोगलाई 241 सिकायत सुम्पिइएको छ। तृणमूलले भन्यो, उनीहरूले बिहान सात बजेदेखि आठ बजेभित्रमा 54 सिकायत दर्ता गराए। सत्तारूढ़ पार्टीको सूत्रले बतायो, अधिकांश सिकायत ईभीएमको विफलता तथा केन्द्रिय बलहरूविरूद्ध गरिएको छ। अर्कोतिर भाजपाले भने आधिकांश सिकायत पुलिसविरूद्ध गरेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande