बंगालमा कलाकारहरूको कुनै इज्जत छैन, चुंचूडामा टॉंसियो पोस्टर
बंगालमा कलाकारहरूको कुनै इज्जत छैन, चुंचूडामा टॉंसियो पोस्टर


हुगली, 26 अप्रेल (हि.स.)। हुगली विधानसभा क्षेत्र अन्तर्गत चुंचूडाका विभिन्न स्थानहरूमा तृणमूल उम्मेदवार रचना ब्यानर्जी, कंचन मल्लिक र कल्याण ब्यानर्जीको फोटोको साथमा शुक्रवार पोस्टर देखियो। पोस्टरमा लेखिएको थियो, आज कंचनसॅंग भयो, भोलि तपाईसॅंग हुन सक्छ। यो बंगालमा कलाकारहरूको कुनै इज्जत छैन। समाचार लेखुन्जेलसम्म उक्त पोस्टरहरू कसले लगाएको थियो भन्ने स्पष्ट हुन सकेको थिएन।

यस विषयमा रचना ब्यानर्जीले भनिन्, मलाई लाग्छ सबै कलाकारहरूले सम्मान पाउनु पर्छ। तर, कंचनको मामिलामा के स्थिति थियो, मलाई थाहा छैन, यस कारण केही भन्न सक्दिन। अहिलेसम्म मसॅंग केही भएको छैन। म कंचन अथवा कल्याण दा मध्ये कसैको समर्थन गरेको छुइन, किनकि मलाई पूर्ण स्थितिको बारेमा जानकारी छैन।

हिन्दुस्थान समाचार


 rajesh pande