बंगालमा आकाशबाट बर्सिरहेको छ आगो
बंगालमा आकाशबाट बर्सिरहेको छ आगो


कोलकाता, 26 अप्रेल (हि.स.)। गर्मीले बंगालको सबै रेकर्डलाई तोड़िदिएको छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा जारी बयानममा बताइएको छ, कोलकातामा अधिकतम तापमान 41.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा 6 डिग्री अधिक र यस मौसममा अहिलेसम्मकै सबैभन्दा अधिक तापमान हो। अर्थात शुक्रवार मौसमको सबैभन्दा गर्मी दिन हो। न्यूनतम तापमान पनि सामान्यभन्दा 3 डिग्री अधिक 29.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा, झाड़ग्राम, मुर्शिदाबाद आदि क्षेत्रहरूमा तापमान 32 देखि 43 डिग्री सेल्सियसबीच कायम छ जसले गर्दा भीषण गर्मीले मानिसहरूको बेहाल भइरहेको छ। यस सम्पूर्ण साताभरि नै यस्तै किसिमको मौसम रहनेछ। दक्षिण बंगालका केही जिल्लाहरूमा लू चल्नेछ तथा वर्षा हुने सम्भावना छैन।

यसरी नै उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङमा पनि भीषण गर्मी भइरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande