भाजपा उम्मेद्वार सुकान्त मजुमदारले बालुरघाटमा सपरिवार मतदान गरे
भाजपा उम्मेद्वार सुकान्त मजुमदारले बालुरघाटमा सपरिवार मतदान गरे


कोलकाता, 26 अप्रेल (हि.स.)। पश्चिम बंगालको बालुरघाट लोकसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार तथा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले मतदान गरे। शुक्रवार बिहान उनी आफ्नो सम्पूर्ण परिवार सहित मतदान गर्न पुगे। आफ्नो मतदान केन्द्रमा मतदान गरेपछि उनले आफ्नो जीत निश्चित रहेको दाबी गरे।

सुकान्त मजुमदारले भने, यहाँ भाजपाकै जीत हुने कुरामा म निश्चित छु। उनले तृणमूल कार्यकर्ताहरूमाथि हिंसा फैलाएको आरोप लगाए। पुलिसले पनि सहयोग नगरेको थप आरोप लगाउँदै उनले भने, कतिपय क्षेत्रहरूबाट हिंसाका समाचारहरू यसकारणले पनि आइरहेका छन्, किनभने पुलिसले तृणमूल कार्यकर्ताहरूसित मिलेर हिंसालाई प्रोत्साहित गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande