यो दिल्लीमा सरकार बनाउने चुनाउ हो: निरज जिम्बा
Neeraj zimba


दार्जीलिङ, 26 अप्रेल (हि.स.) । दार्जीलिङका भाजपा विधायक एवं गोरामुमो नेता निरज जिम्बाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले दार्जीलिङको टर्नबुल प्राथमिक पाठशालामा स्थापित चुनाउ बुथमा आफ्नो भोट हालेका छन्।

आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै विधायक निरज जिम्बाले भने, यो चुनाउ औपचारिकता मात्रै हौ। यो चुनाउ जीटीएको चुनाउ होइन, राज्यको चुनाउ होइन, यो दिल्लीमा सरकार बनाउने चुनाउ हो। उनले यो चुनाउ विकास र बाटोको चुनाउ होइन तर माटोको चुनाउ हो। यो गोर्खाको चिन्हारी र नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउने चुनाउ हो।

उनले प्रधानमन्त्रीले गोर्खाहरूको समस्या समाधान हुन्छ भनेकाले यसपाली हामी 2019 भन्दा बेसी मार्जिनले जित्ने लक्ष्य राखेका छौं भनी बताए। विधायक निरज जिम्बाले यसपाली गोर्खाको समस्या पनि समाधान भएर जानेछ भनी आशा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande