ओबीसी विरोधी पार्टी हो कांग्रेस- अमित शाह
ओबीसी विरोधी पार्टी हो कांग्रेस- अमित शाह


अशोकनगर, 26 अप्रेल (हि.स.)। भाजपाका वरिष्ठ नेता एवं केन्द्रिय गृहमन्त्री अमित शाहले यस देशको संसाधनमाथि सबैभन्दा पहिलो हक आदिवासी, दलित गरीब, ओबीसीको हो तर कांग्रेसले देशको संसाधनहरूमाथि सबैभन्दा पहिलो अधिकार मुसलमानको हो भन्छ भनेका छऩ्। उनी अनुसार, हामी कांग्रेसको मनसाय पूरा हुन दिनेछैनौं। कांग्रेस ओबीसी विरोधी पार्टी हो। उसले ओबीसी आय़ोग बनाएन। वर्षौंसम्म ओबीसी वर्गका मानिसहरूलाई केन्द्रिय संस्थानहरूमा आरक्षण दिइएन। प्रधानमन्त्री नरेन्द्र मोदीले यस देशको विकासमा सबैभन्दा पहिलो प्राथमिकता एससी, एसटी र ओबीसीलाई दिएका छऩ्। नीट परीक्षा, मेडिकल एडमिशनमा 27 प्रतिशत आरक्षण दिने काम प्रधानमन्त्री मोदीले गरेका छऩ्।

अमित शाह गुना लोकसभा क्षेत्रका उम्मेदवार ज्योतिरादित्य सिन्धियाको समर्थनमा पिपरियाको मन्डी परिसरमा चुनावी जनसभालाई सम्बोधित गरिरहेका थिए। उनले भने, कांग्रेसले आफ्नो घोषणा पत्रमा भनेको छ, मुस्लिम पर्सनल ल-लाई फेरि लागू गर्नचाहन्छ। ट्रिपल तलाक फेरि ल्याउन चाहन्छ। के यो देश शरियत कानूनले चल्छ। यस पर्सनल ल-लाई आउन दिनेछैनौं। यो देश समान नागरिक संहिताले चल्नेछ। हामीले उत्तराखण्डमा यूसीसी ल्याएका छौं, हामी देशभरिमा यसलाई लागू गर्नेछौं, यो हाम्रो वाचा हो।

उनले भऩे, कांग्रेसले 70 वर्षसम्म अनुच्छेद 370 लाई आफ्नो नानी सरह पालिरह्यो जबकि प्रधानमन्त्री मोदीले 05 अगस्त 2019 मा एक झटकामा कश्मीरबाट अनुच्छेद 370 लाई समाप्त गरे। गुनावासीले दुई नेता पाउनेछन्। एक ज्योतिरादित्य र दोस्रो वर्तमान सांसद केपी यादव। केपी यादवले क्षेत्रको धेरै सेवा गरेका छन्, तपाईले उनको चिन्ता ममाथि छोड़िदिनुहोस्। सिन्धिया घरानाले यस क्षेत्रको लालन-पालन आफ्नो नानी सरह गरेको छ। म राजा साहबको निम्ति भोट माग्न आएको हुँ। सिन्धिया मेरा पनि साथी हुन्, भाजपाका वरिष्ठ नेता पनि हुन्। उनलाई जिताउँदा याद राख्नुहोस्, उनलाई दिएको भोट नरेन्द्र मोदीलाई जानेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande