साँझ 6.30 बजीसम्म दार्जीलिङ संसदीय सिटमा 73.64 प्रतिशत मतदान
साँझ 6.30 बजीसम्म दार्जीलिङ संसदीय सिटमा 73.64 प्रतिशत मतदान


दार्जीलिङ, 26 अप्रेल (हि.स.)। लोकसभा चुनाउको दोस्रो चरणमा आज दार्जीलिङ संसदीय सिटमा भइरहेको चुनाउमा साँझ 6.30 बजीसम्ममा जम्मा 73.64 प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ। दार्जीलिङ संसदीय सिटको सातवटा समष्टिहरूमा चुनाउ सम्पन्न भएको छ।

दार्जीलिङ जिल्लाको सातवटा विधान सभा समष्टिहरू क्रमैले दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, मतिगढ़ा-नक्सलबारी, फाँसीदेवा र चोपड़ामा सन्तोषजनक चुनाउ सम्पन्न भएको बताइएको छ। दार्जीलिङ जिल्ला प्रशासन अनुसार, सॉंझ 6:30 बजीसम्म दार्जीलिङ संसदीय सिटको दार्जीलिङमा 66.45 प्रतिशत, कालेबुङमा 65.85 प्रतिशत, खरसाङमा 67.67 प्रतिशत, मतिगढ़ा नक्सलबारीमा 78.51 प्रतिशत, सिलगढीमा 75.45 प्रतिशत, फाँसीदेवामा 84.11 प्रतिशत र चोपड़ामा 77.46 प्रतिशत मतदान भएको छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande