दार्जीलिङमा तृणमूल उम्मेदवार गोपाल लामाले गरे मतदान
दार्जीलिङमा तृणमूल उम्मेदवार गोपाल लामाले गरे मतदान


कोलकाता, 26 अप्रेल (हि.स.)। लोकसभा चुनाउ- 2024 को दोस्रो चरण अन्तर्गत दार्जीलिङ लोकसभा सीटमा शुक्रवार बिहानदेखि मतदान भइरहेको छ। यहाँबाट तृणमूल कंग्रेस प्रत्याशी गोपाल लामाले पनि मतदान गरे। उनी बिहान मतदान गर्नका लागि सिलगढ़ीको मुख्य शहरस्थित मार्गरेट स्कूलमा पुगे।

मतदानपछि प्रत्याशी लामाले भने, म सबैभन्दा पहिला मतदान गर्न चाहन्थे, तर यस्तो सम्भव भएन। मेरो अगाड़ि एकजना बुढ़ी महिला थिइन्। उनी नै पहिलो पटक मतदान गर्ने व्यक्ति थिइन्। म उनको पछाड़ि थिएँ। बिहान हुनसाथ विभिन्न बूथहरूमा मतदाताहरूको भीड़ एकत्र हुन शुरू भयो। म आज दिनभरि विभिन्न बूथहरूको भ्रमण गर्नेछु। पहाड़तिर जाने कुनै योजना छैन। मतदान शान्तिपूर्ण ढंगमा भइरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande