पॉंच दिवसीय गुमकुम गुम्पा उत्सव सम्पन्न
पॉंच दिवसीय गुमकुम गुम्पा उत्सव सम्पन्न


इटानगर, 26 अप्रेल (हि.स.)। अरुणाचल प्रदेशको पुरियोक समुदायको पॉंच दिवसीय तेस्रो संयुक्त गुमकुम गुम्पा उत्सव आज पालन गरियो। गत 22 अप्रेलमा शुरू भएको गुमकुम गुम्पा उत्सव समारोहमा आज मुख्य अतिथिको रूपमा क्रा दादी जिल्लाका उपायुक्त सनी के सिंह उपस्थित थिए।

सार्वजनिक सभालाई सम्बोधित गर्दै उपायुक्तले अरुणाचल प्रदेश राज्यको सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। उनले यहॉं सबैभन्दा समृद्ध सांस्कृतिक विविधिता भएका आदिवासी समुदाय रहेको, तर सबै जनजातिबिच राम्रो एकता र सम्मान रहेको बताए। उनले पुरियोकवासीहरूलाई दस्तावेजीकरणको रूपमा पारम्परिक प्रथालाई संरक्षित गर्न र बढावा दिन आह्वान गरे।

हिन्दुस्थान समाचार


 rajesh pande