दार्जीलिङमा मतदान गर्ने नानीका आमाहरूका लागि आईसीडीएसको विशेष स्टल
icds-vote-care


दार्जीलिङ, 26 अप्रेल (हि.स.)। 18औं लोकसभा चुनाउको समय नानीका आमाहरूका लागि दार्जीलिङमा अलग्गै व्यवस्था गरिएको देखियो। दार्जीलिङको जिल्ला शासकको निर्देशनमा आईसीडीएस कर्मचारीहरूद्वारा नानीका आमा मतदाताहरूका लागि भोट हाल्न सुविधा होस् भनेर नानीहरू हेर्ने व्यवस्था गरिएको छ। नानीका आमाहरूले सहजताका भोट हाल्न सकुन् भनी यस्तो व्यवस्था गरिएको बताइएको छ।

यस्तो व्यवस्था दार्जीलिङको सन्त जोसेफ कलेजमा रहेको बुथमा गरिएको छ। उक्त विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ अर्बन आईसीडीएस प्रोजेक्ट वार्ड नम्बर 29 की सुष्मा थापाले दार्जीलिङको सन्त जोसेफ कलेजमा रहेको बुथमा दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 29 का गर्भवती महिला र नानीका आमाहरूका लागि आईसीडीएसको स्टल राखिएको बताइन् । उनले यस स्टलमा भोट हाल्न आउने नानीहरूका आमालाई सहयोग गर्ने तथा नानीहरू हेरचाह गरिदिने बताइन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande