लोकसभा चुनाउको दोस्रो चरण शुरू, 13 राज्यका 88 सीटमा मतदान
लोकसभा चुनाउको दोस्रो चरण शुरू, 13 राज्यका 88 सीटमा मतदान


नयॉं दिल्ली, 26 अप्रेल (हि.स.)। लोकसभा चुनाउको दोस्रो चरणमा शुक्रवार बिहान सात बजीदेखि देशका 13 राज्यका 88 सीटमा मतदान शुरू भएको छ। सॉंझ 6 बजीसम्म मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्। मतदान केन्द्र बाहिर मतदाताहरूको बिहानदेखि लामो तॉंती देखियो। शान्तिपूर्ण मतदानको निम्ति मतदान केन्द्रहरूमा व्यापक सुरक्षा प्रबन्ध गरिएका छन्।

लोकसभा चुनाउको दोस्रो चरणमा आज 13 राज्यका मतदाताहरूले 88 सीटमा उम्मेदवारहरूको भाग्य निर्धारण गर्नेछन्। यस चरणमा जुन 88 सीटमा मतदान भइरहेको छ, त्यसमा 52 भाजपा र कांग्रेससॅंग 22 सीट छन्। आज केरलका सबै 20, कर्नाटकका 14, राजस्थानका 13, महाराष्ट्र र उत्तर प्रदेशका 8-8, एमपीका 6, असम-बिहारका 5-5, छत्तीसगढ र बंगालका 3-3, त्रिपुरा र जम्मू-कश्मीरका एक-एक सीटमा मतदान भइरहेको छ।

दोस्रो चरणमा धेरै राजनीतिक दिग्गजहरूको चुनावी भविष्य दाउमा छ, जसमा भाजपाको तर्फबाट हेमा मालिनी, लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय मन्त्री गजेन्द्रसिंह शेखावत र राजीव चन्द्रशेखर, अरुण गोविल, कांग्रेसका राहुल गॉंधी, भूपेश बघेल, केसी वेणुगोपाल, शशि थरूर आदि सामेल छन्। पहिलो चरणमा 19 अप्रेलमा 102 सीटमा मतदान भएको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande