दुई मईमा घोषित हुनेछ दसौंको रिजल्ट
दुई मईमा घोषित हुनेछ दसौंको रिजल्ट


कोलकाता, 26 अप्रेल (हि.स.)। पश्चिम बंगाल बोर्डले 10औं कक्षाको परिणाम जारी गर्ने तारिक घोषणा गरेको छ। लोकसभा चुनाउबिच पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले दसौं कक्षाको रिजल्ट दुई मईमा जारी गर्नेछ। विद्यार्थीहरूले पश्चिम बंगाल शिक्षा बोर्डको आधिकारिक साइट wbbse.wb.gov.in मा चेक गर्न सक्नेछन्।

बोर्डको तर्फबाट रिजल्टको घोषणा प्रेस कन्फ्रेन्सको माध्यमद्वारा गरिने छ। बोर्डको तर्फबाट टपर्सको नाम घोषणा गरिने छ। नोटिस अनुसार, आधिकारिक वेबसाइटमा परिणाम बिहान 9:45 बजी उपलब्ध हुनेछ। त्यसपछि विद्यार्थीहरूले आफ्नो मार्कशीट स्कूलबाट लिन सक्नेछन्।

उल्लेखनीय छ, यसपाली लगभग आठ लाख विद्यार्थीले माध्यमिक परीक्षा दिएका छन्।

हिन्दुस्थान समाचार


 rajesh pande