मनी लण्ड्रिंग मामिलामा मनीष सिसोदियाको न्यायिक हिरासत 8 मईसम्म बढ़्यो
मनी लण्ड्रिंग मामिलामा मनीष सिसोदियाको न्यायिक हिरासत 8 मईसम्म बढ़्यो


नयाँ दिल्ली, 26 अप्रेल (हि.स.)। दिल्लीको राऊज एभेन्यू कोर्टकी स्पेशल जज कावेरी बावेजाले दिल्ली आबकारी घोटालासित सम्बन्धित मनी लण्ड्रिंग मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको न्यायिक हिरासतलाई आगामी 8 मईसम्मको लागि बढ़ाइदिएकी छन्। आज सिसोदियाको न्यायिक हिरासत समाप्त भएकोले उनलाई भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट कोर्टमा पेश गरियो।

मनीष सिसोदियाले यस मामिलामा दोस्रो जमानत याचिका दर्ता गरेका छन् जसमाथि कोर्टले आगामी 30 अप्रेलमा फसेला सुनाउनेछ। सिसोदियाले ट्रायलमा विलम्बलाई आधार बनाउँदै जमानत दिनुपर्ने माग गरेका छन्। उनको जमानत याचिकाको विरोध गर्दै ईडीले भनेको थियो, मनीष सिसोदियाको जमानत याचिकामा विलम्बलाई आधार बनाइँदैछ जबकि विलम्ब आरोपीको तर्फबाटै गरिँदैछ। सुनवाई अवधि सिसोदियाको पक्षबाट भनिएको थियो, ट्रायल कछुआको गतिमा भइरहेको छ जबकि सुप्रीम कोर्टले जमानत याचिकामाथि आफ्नो फसेलामा चाँड़ै ट्रायल गर्ने आदेश दिसकेको छ।

ईडीले यस मामिलामा सिसोदियालाई गत 9 मार्च, 2023- मा जाँचबुझ गरेपछि तिहाल जेलबाटै पक्राउ गरेको थियो। यसअघि सीबीआईले उनलाई 26 फरवरी, 2023- मा पक्राउ गरेको थियो। यस मामिलामा आम आदमी पार्टीका सांसद संजय सिंहलाई सुप्रीम कोर्टले जमानत दिसकेको छ। मुख्यमन्त्री अरविन्द केजरीवाल यसै मामिलामा न्यायिक हिरासतमा छन्। कोर्टले गत 24 जनवरीमा यस मामिलामा सर्वेश मिश्रालाई नियमित जमानत दिएको थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande