भाजपा प्रार्थी राजु विष्टको जीत निश्चित: निमा लामा
भाजपा प्रार्थी राजु विष्टको जीत निश्चित: निमा लामा


खरसाङ, 26 अप्रेल (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष एवं भारतीय जनता पार्टीको गठबन्धन दलका नेता निमा लामाले यसपालीको लोकसभा चुनाउमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको जीत निश्चित रहेको दाबी गरेका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली भाजपा प्रार्थी राजु विष्टले जीत हासिल गर्ने अनि गोर्खाहरूको दीर्घकालीन समस्या समाधान हुने पनि दाबी गरेका छन्।

गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाले आज मतदानको दिन खरसाङका विभिन्न बुथहरूको निरीक्षण भ्रमण गरे। उनले चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न भएको र कहीं कतै अशान्ति भएको जानकारी प्राप्त नभएको बताए। उनले खरसाङ क्षेत्रमा भाजपाले राम्रो लिड गर्ने र भाजपा प्रार्थी राजु विष्टले राम्रो मार्जिनले जित्ने दाबी गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande