शेख शाहजहाँका निकटवर्तीको घरमा सीबीआईको छापा, ठूलो संख्यामा हतियार जफत
शेख शाहजहाँका निकटवर्तीको घरमा सीबीआईको छापा, ठूलो संख्यामा हतियार जफत


कोलकाता, 26 अप्रेल (हि.स.)। सन्देशखालीमा फेरि सीबीआईले छापामारीको कारबाही गरेको छ। केन्द्रिय जाँच एजेन्सीका अधिकारीहरूले शाहजहाँ शेखका आफन्तको घरमा ठूलो संख्यामा हतियार अनि बम जफत गरेका छन्।

शुक्रवार सीबीआईले सन्देशखालीको सरबेरियास्थित मल्लिकपुरमा शाहजहाँका निकटवर्ती हफिजुल खानकी भाउज्युको घरमा खोजी अभियान संचालन गऱ्यो। मुख्य सड़कदेखि लगभग 2 सय मीटर टाड़ा अवस्थित उक्त घर माछाका पोखरीहरूले घेरिएको छ। यहाँसम्म पुग्नको लागि ईँटाको साँघुरो बाटो मात्र छ। केन्द्रिय बलहरूले उक्त बाटोलाई अवरोध गरेर खोजी अभियान संचालन गरे।

सीबीआई सूत्र अनुसार घरबाट ठूलो संख्यामा हतियार अनि बम जफत गरिएको छ। दाबी छ, गुप्त सूत्र मार्फत हतियार अनि बमहरूको भण्डार रहेको जानकारी पाउनसाथ अभियान संचालन गरियो। सीबीआईको भनाइ छ, घरमा आवश्यक कागजपत्र भेटिएको छ। सीबीआई अधिकारीहरू अहिले पनि घरभित्रै रहेको बताइएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande