मणिपुरः हेरोइनसितै पाँच तस्कर पुलिसको कब्जामा
मणिपुरः हेरोइनसितै पाँच तस्कर पुलिसको कब्जामा


इम्फाल, 27 अप्रेल (हि.स.)। हिंसा प्रभावित मणिपुरमा सुरक्षा बलहरूले लाखौं सतर्कता अप्नाइरहेको भए पनि ड्रग्स तस्करहरूले तस्कर गर्न छाड़ेका छैनन्। प्रत्येक दिन राज्यमा हतियार, गोला-बारूद आदि सहित ड्रग्स फेला परिरहेको छ।

यसै सिलसिलामा पुलिसले आज बतायो, मणिपुर पुलिसले पाँचजना मानिसहरूलाई पक्राउ गऱ्यो जसको कब्जाबाट लगभग 238 ग्राम वजन भएको संदिग्ध हेरोइन पाउडरले भरिएका 20 वटा साबुनदानी जफत गरियो।

पक्रा पर्ने तस्करहरूको पहिचान वाहिदा (49), रूकसाना (21), मोहम्मद अबरार (30), युमनाम अजित कुमार सिंह औ पेबम महशोर सिंह (38)- को रूपमा भएको छ। यिनीहरूसित जाँचबुझ गरिँदैछ। यस सन्बन्धमा प्राथमिकी दर्ता गरी अग्रिम कारबाही शुरू गरिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande