मणिपुर पुलिसले 139 जनालाई हिरासतमा लियो
मणिपुर पुलिसले 139 जनालाई हिरासतमा लियो


इम्फाल, 27 अप्रेल (हि.स.)। मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरू अन्तर्गत संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी एवं खोजी अभियान संचालन गऱ्यो। अभियानको क्रममा भारतीय दण्ड संहिताका विभिन्न धाराहरूको उल्लंघन गरे बापत 139 जना मानिसहरूलाई पुलिस हिरासतमा लिइएको छ।

पुलिसले आज बतायो, आवश्यक वस्तुहरू लगायत राष्ट्रिय राजमार्ग-2 मा 348 वटा वाहनहरूको आवात-जावत सुनिश्चित गरिएको छ। वाहनहरूको स्वतन्त्र एवं सुरक्षित आवत-जावत सुनिश्चित गर्नका लागि सबै संवेदनशील स्थानहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ तथा व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। यस अतिरिक्त राज्यका उपत्याका अनि हिमाली सबै जिल्लाहरूमा 127 नाका र जाँच चौकीहरू स्थापना गरिएको पुलिसले थप बतायो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande