अझै बढ़्यो तापमान, बंगालका नौ जिल्लामा लूको चेताउनी जारी
अझै बढ़्यो तापमान, बंगालका नौ जिल्लामा लूको चेताउनी जारी


कोलकाता, 27 अप्रेल (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य क्षेत्रहरूमा गर्मी झन् बढ़्यो। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा जारी बयानमा उल्लेख गरिएको छ, राजधानी कोलकातामा न्यूनतम तापमान शुक्रवार 29.3 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा तीन डिग्री अधिक हो भने अधिकतम तापमान 39.7 डिग्री सेल्सियस छ जु सामान्यभन्दा चार डिग्री अधिक हो।

मौसम विभागले बताएको छ, सप्ताहन्तमा पारा अझ बढ़्नेछ। कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा समेत राज्यका अन्य भागहरूमा तापमान 32 देखि 42 डिग्री सेल्सियसबीच कायम छ। दक्षिण बंगालमा लूको यल्लो अलर्ट जारी गरिएको छ।

उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ तथा कालेबुङ पनि तापमान 35 देखि 40 डिग्री सेल्सियसबीच कायम छ जसले गर्दा भीषण गर्मीले मानिसहरूको बेहाल भएको छ। आगामी सप्ताहदेखि तापमान अझ बढ़्नेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande