मुम्बई सीएसएमटी स्टेशनमा लोकल ट्रेनका दुई बोगी लीकबाट बाहिर झऱ्यो, हार्बर रेलवेको सेवा प्रभावित
मुम्बई सीएसएमटी स्टेशनमा लोकल ट्रेनका दुई बोगी लीकबाट बाहिर झऱ्यो, हार्बर रेलवेको सेवा प्रभावित


मुम्बई, 29 अप्रेल (हि.स.)। मुम्बई सीएसएमटी स्टेशन नजिक सोमवार दिउँसो लोकल ट्रेनका दुई बोगी लीकबाट तल झऱे। यद्यपि, यस घटनामा कोही हताहत भएको छैन तर यसबाट मुम्बई सीएसएमटीदेखि वडाला स्टेशनहरूबीच हार्बर रेलवेको सेवा प्रभावित छ। मध्य रेलवेका प्रवक्ता स्वप्रिल नीला अनुसार, सीएसएमटी स्टेशनको मरम्मतीको काम जारी छ। छिट्टै नै हार्बर रेलवेको सेवा बहाल हुनेछ। नीलाले यात्रीहरूसित सहयोगको अपील गरेका छऩ्।

आज दिउँसो पनवेलदेखि सीएसएमटी गइऱहेको लोकल ट्रेनका दुई बोगी सीएसएमटी स्टेशन नजिकै अचानक लीकबाट तल झऱ्यो। यसबाट ट्रेनमा सवार यात्री तीव्र आवाज सुनेर आत्तिए तर मोटरम्यानले तत्काल ब्रेक लगाए। यस घटनामा कोही हताहत भएन। यसको जानकारी पाउनसाथ मध्य रेलवेको मरम्मत टीम घटनास्थलमा पुग्यो र मरम्मती कार्य शुरू गऱ्यो। मध्य रेलवेका प्रवक्ता अनुसार, अहिले मस्जिद स्टेशनदेखि हार्बर रेलवेको सेवा आंशिक रूपमा शुरू गरिएको छ। छिट्टै नै हार्बर रेलवेको सेवा पूर्ववत बहाल गरिनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande