माजबाट ग्यांगरेप मामिलाका दोषीहरूलाई कड़ा सजाय दिनुपर्ने मागमा प्रदर्शन
माजबाट ग्यांगरेप मामिलाका दोषीहरूलाई कड़ा सजाय दिनुपर्ने मागमा प्रदर्शन


उदालगुड़ी (असम), 24 जून (हि.स.)। ग्यांगरेपको घटनालाई लिएर माजबाटमा तनाउ व्याप्त भएको छ। गोर्खा छात्र संघ सहित विभिन्न दल तथा केही संगठनहरूले घटनामा सामेल अपराधीहरूलाई पक्राउ गरी कठोर सजाय दिनुपर्ने मागमा लगातार प्रदर्शन गरिरहेका छन्। सोमवार गोर्खा छात्र संघ सहित विभिन्न दलहरूले प्रदर्शन गरे। यिनीहरूको समर्थनमा शहरका सबै दोकानपाटहरूलाई पनि बन्द राखियो।

गोर्खा छात्र संघले माजबाटका मानिसहरूसित यस लज्जास्पद घटनाको विरोध गर्दै माजबाट शहरका सबै दोकानपाट, व्यवसायिक प्रतिष्ठानहरूलाई बिहान 5 बजेदेखि बन्द राख्ने आह्वान गरेको थियो जसको प्रभाव आज देखियो पनि। बिहान 11 बजेदेखि गोर्खा छात्र संघ, विभिन्न दल तथा संगठनहरूको सहयोगमा माजबाट राजस्व सर्कलको कार्यालय परिसरमा प्रदर्शन गरियो।

यसबीच पुलिस महानिदेशक जीपी सिंहले माजबाटमा भएको सामूहिक दुष्कर्मको घटनालाई लिएर प्रतिक्रिया व्यक्त गरेका छन्। जीपी सिंहले उदालगुड़ी पुलिसलाई मामिलाको जाँच गरी कारबाही गर्ने निर्देश दिएका छन्। माजबाट पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी दुईजना आरोपीलाई पक्राउ गरिसकेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande