नेपालमा ठूलो विमान दुर्घटना, 18 जना मारिए
nepal plane crash


नयॉं दिल्ली, 24 जुलाई (हि.स.)। नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई अड्डामा बुधवार बिहान सौय एयरलाइन्सको एउटा विमान दुर्घटनागस्त भयो। दुर्घटनामा 18 जनाको मृत्यु भयो। सौर्य एयरलाइन्सको यो विमान 9एन-एएमई (सीआरजे 200) बिहान लगभग 11 बजी काठमाडौंबाट पोखराको निम्ति उडान भरेको थियो।

विमानमा तकनीकी कर्मचारी र चालक दलका सदस्यहरूसहित 19 जना थिए। विमानको चालक दलका क्याप्टन मनीष शाक्य र सह पायलट सुशान्त कटवाल थिए। पुलिस अनुसार, विमान पोखरा क्षेत्रीय हवाई अड्डामा रखरखाउको निम्ति पठाइएको थियो।

नेपालको नागरिक उड्डयन प्राधिकरण अनुसार, सौर्य, एयरलाइन्सको सीआरजे7 (Reg-9NAME) विमान स्थानीय समयानुसार बिहान 11:11 बजी पोखराको निम्ति काठमाडौंबाट उडेको तत्काल रनवेको पूर्वी भागमा दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि विमानमा आगो लाग्यो।

दुर्घटनापछि तत्काल बचाउ कार्य शुरू गरियो। विमानमा लागेको आगोलाई नियन्त्रित गरियो। घटनास्थलबाट 18 जनाको शव बरादम गरिएका छन् भने एक घाइते व्यक्तिलाई उपचारको निम्ति अस्पताल लगिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande