कराचीमा 12 पुलिस अधिकारी निलम्बित, ड्यूटीमा सोशल मीडियाको प्रयोग
कराचीमा 12 पुलिस अधिकारी निलम्बित, ड्यूटीमा सोशल मीडियाको प्रयोग


कराची, 07 सेप्टेम्बर (हि.स.)। पाकिस्तानको सबैभन्दा ठूलो शहर एवं आर्थिक राजधानी कराचीमा सोशल मीडियाको प्रयोग गर्ने पुलिस अधिकारीहरूमाथि ठूलो कारबाही भएको छ। ड्यूटीमा सोशल मीडियाको प्रयोग गर्ने थप 12 पुलिस अधिकारीहरूमाथि कारबाही गरिएको छ।

एआरवाई न्यूजको रिपोर्ट अनुसार, कराचीका अतिरिक्त पुलिस महानिरीक्षकले प्रोटोकलको उल्लङ्घन गरेकोमा तीम महिला र नौ पुरूषहरू सहित 12 अधिकारीलाई निलम्बित गरे।

उल्लेख्य, यसको एक दिन अगाड़ी पनि छह अधिकारीलाई निलम्बित गरिएको थियो। सिन्ध पुलिसका महानिरीक्षक गुलाम नबी मेमनले कराचीका अतिरिक्त पुलिस महानिरीक्षक, जोनल डीआईजी र एसएसपीलाई ड्यूटीमा टिकटकमा भीडियो रेकर्ड गर्ने औं अपलोड गर्ने पुलिसकर्मीहरू विरूद्ध कारबाही गर्ने कठोर आदेश जारी गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande