डोनाल्ड ट्रम्पको शपथ ग्रहण अगाड़ी गाजामा युद्धविराम सम्भव
डोनाल्ड ट्रम्पको शपथ ग्रहण अगाड़ी गाजामा युद्धविराम सम्भव


दोहा, 14 जनवरी (हि.स.)। गाजामा इजराइल र हमासबीच लामो समदेखि जारी युद्ध रोकिने सम्भावना बढ़ेको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण अगाड़ी युद्धविराम समझौता लागू होस् भन्ने कतरको प्रयास रहेको छ। कतरले दुवै पक्ष सामू तयार मस्यौदा प्रस्तुत गरेको छ। यसमा आगामी हप्ता हस्ताक्षर हुने सम्भावना छ।

कतर ट्रिब्यून अनुसार, अमीर शेख तमीन बिन हमद अल थानीले लुसैल पेलेस स्थित आफ्नो कार्यालयमा गाजा पट्टीमा युद्धविराम वार्ताको निम्ति पुगेको हमासको प्रतिनिधिमण्डलको स्वागत गरे। यो प्रतिनिधिमण्डल डा. खलील अलको नेतृत्वमा हालमा दोहामा छ। अमीर शेख तमीम बिन हमद अल थानीले प्रतिनिधिमण्डलसित युद्धविराम वार्ताको प्रगतिमाथि सन्तोष व्यक्त गरे।

यसबीच व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले सोमवार वाशिङ्गटनमा भने, गाजा युद्धविराम र बन्धक रिहाई समझौता नजिक छ। यसलाई राष्ट्रपति जो बाइडेनको कार्यकालको अन्तिम हप्ता अन्तिम रूप दिन सकिन्छ। बाइडेनले आइतवार इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसित चर्चा गरे। उनले यसको माध्यमले मध्यस्थ कतरका अमीरसित पनि वार्ता गर्नेछन्। अमेरिकी राष्ट्रपतिले छिट्टै नै मिश्रको राष्ट्रपति अब्देल फतह अल-सिसीसित बातचित गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande