भारतले एशियाई आपदा तयार केन्द्रको अध्यक्षता सम्हाल्यो
भारतले एशियाई आपदा तयार केन्द्रको अध्यक्षता सम्हाल्यो


नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आपदा जोखिम न्यूनीकरण (डीआरआर) को क्षेत्रमा वैश्विक र क्षेत्रीय स्तरमा नेतृत्वको भूमिका निभाइरहेछ। भारतले यस दिशामा धेरै वैश्विक पहल गरेको छ, जसमा आपदा रोधी अवसंरचनाको निम्ति अन्तरराष्ट्रिय गठबन्धन (सीडीआरआई) को स्थापना जस्तो पहल प्रमुख छ।

भारत सरकारको प्रतिनिधिको रूपमा राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण (एनडीएमए) का सदस्य र विभागाध्यक्ष राजेन्द्र सिंहले बिहिवार बेङकक, थाईल्याण्डमा वर्ष 2024-25 को निम्ति पीपुल्स रिपब्लिक अफ चाइनाबाट एशियाई आपदा तयारी केन्द्र (एडीपीसी) को अध्यक्षता सम्हालेका छन्।

एडीपीसी एशिया र प्रशान्त क्षेत्रमा आपदा जोखिम न्यूनीकरण र जलवायु लचिलोपना निर्माणमा सहयोग र कार्यान्वयनको निम्ति एक स्वायत्त अन्तरराष्ट्रिय संगठन हो। भारत र आठ छिमेकी देश अर्थात बांग्लादेश, कम्बोडिया, चीन, नेपाल, पाकिस्तान, फिलीपीन्स, श्रीलंका र थाईल्याण्ड एडीपीसीको संस्थापक सदस्य हुन्। भारतले बिहिवार थाईल्याण्डमा आयोजित एडीपीसीको 5औं बोर्ड अफ ट्रस्टी (बीओटी) बैठकको पनि अध्यक्षता गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande