(अपडेट) वायनाड आपदामा अहिलेसम्म 36 जनाको मृत्य
waynad landslide


वायनाड, 30 जुलाई (हि.स.)। केरलको वायनाड जिल्लामा मूसलधारे वर्षाबीच आज बिहान गएको पैह्रोले जनधनलाई निकै ठूलो क्षति पुऱ्याएको छ। वायनाड जिल्लाका गाउॅंहरूमा सयौं घर पैह्रोको चपेटमा परेका छन्।

पैह्रोमा अहिलेसम्म कम्तिमा 36 जनाको मृत्यु भएको खबर छ। मृतकहरूको संख्या अझ बढ्ने आशंका छ। स्थानीय अधिकारीहरूले यस खबरको पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले वायनाडमा गएको पैह्रोको चपेटमा परेर ज्यान गुमाउने मृतकका परिवारहरूलाई 2-2 लाख रूपियॉं अनुग्रह राशि दिने घोषणा गरेका छन्। उनले यस आपदाप्रति दु:ख प्रकट गरेका छन्। यस बीच मुंडक्कई, चूरलमाला, अट्टामाला र नूलपुझा गाउॅंको सम्पर्क टुटेको छ। अहिले पनि पह्रो झर्ने क्रम जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande