वायनाड आपदामा तीन गाउॅं ध्वस्त, अहिलेसम्म 143 शव भेटियो
waynad-landslide


वायनाड, 31 जुलाई (हि.स.)। केरलको वायनाड जिल्लामा हिजो (30 जुलाई) बिहान आएको प्रलयकारी जल आपदाले सम्पूर्ण देश नै स्तब्ध छ। केरलमा घोषित दुई दिवसीय राजकीय शोकको आज अन्तिम दिन हो। जल प्रलयको चपेटमा परेका तीन गाउॅंका मानिसहरूको खोज जारी रहेको छ। मृतकहरूको संख्या लगातार रूपमा बढिरहेका छन्।

केरल स्वास्थ्य विभागले अहिलेसम्म 143 जनाको शव भेटिएको बताएको छ। वायनाड केरलको पहाड़ी जिल्ला हो। यहॉंको विथिरी तालुकामा मूलसधारे वर्षाबीच केही घण्टाको अन्तरालमा दुईपटक गएको पैह्रोले तीनवटा गाउॅं ध्वस्त बनेको छ। पानीले गाउॅंका धेरै मानिसहरूलाई बगाएको छ। सीमावर्ती मलप्पुरम जिल्लाको पोथुकल्लू क्षेत्र नजिक चलियार नदीबाट धेरैको शव भेटिएका छन्।

मुख्यमन्त्री पिनाराई विजयन अनुसार, मुंडक्कई, चूरलमाला र अट्टामालामा राज्य र केन्द्रिय बलहरूको गहन बचाउ अभियान जारी रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिजनहरूलाई दुई लाख र घाइतेहरूलाई पचास हजार अनुग्रह राशिको घोषणा गरेका छन्।

केरल सरकारले इरुवानीपुझा नदीमा पहाड़बाट आएको बाढीले छ किलोमिटर टाडास्थित तीनवटा गाउॅंलाई आफ्नो चपेटमा लिएको बताएको छ। पहिलो पटक राति दुई बजी पहाड़बाट झरेका ढुङ्गाहरूले मानिसहरूलाई घरबाट बाहिर निक्लिन दिएन। यसपछि, बिहान 4:10 बजी जल प्रलयले नदीको धारा परिवर्तित गरिदियो र सम्पूर्ण गाउॅंलाई नै ध्वस्त बनायो।

मुख्यमन्त्री विजयनले भने, पैह्रोले इरुवानीपुझासम्म फैलिएको चूरामला पुल नष्ट भएको छ। पैह्रोको चपेटबाट जोगिएका मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याउने कार्य गरिएको छ। यस क्षेत्रमा गत 48 घण्टामा 578 मिलीमिटर वर्षा भएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande