दार्जीलिङ, 01 अगस्त (हि.स.)। सुखे थाना अन्तर्गत एभनग्रोभ चियाबारी निम्न विभागको राई गाउँका युवाहरूले आरके राईको अगुवाईमा गाडीको बाटो श्रमदान गरेर मरमत्ति गरेको जानकारी प्राप्त भएको छ। उक्त बाटोको मरमत्ति कार्य गत 28 जुलाईदेखि शुरु गरेर लगातार रूपमा 29, 30, 31 जुलाई र आज 1 अगस्तको दिन पनि सम्पन्न गरिएको बताइएको छ। पाँच दिन लगाएर श्रमदान गरेर लगभग 800 देखि 900 मीटरको दुरी भएको बाटोको मरमत्ति कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक / बिशाल