काबीमा स्वतन्त्रता दिवस अन्तर्गत फुटबल प्रतियोगिता शुरु
काबीमा स्वतन्त्रता दिवस अन्तर्गत फुटबल प्रतियोगिता शुरु


गान्तोक, 01 अगस्त (हि.स.)। आगामी स्वाधीनता दिवस समारोहलाई ध्यानमा राख्दै मंगन जिल्लाको काबीमा स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ। आज पहिलो दिनको खेल गान्तोक स्यारी बनाम 32 संघमाझ भएको थियो।

काल्जङ ग्याछो उच्चतर विद्यालय खेल मैदानमा सम्पन्न भएको उद्घाटन खेलमा स्यारीले 2 गोलको विरुद्ध 3 गोल गरेर संघ टोलीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। आज शिक्षा विभागका सचिव छेवाङ ग्याछो भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने सिपथाङ प्राथमिक पाठशालाका प्रधान शिक्षक छेवाङ्ग छोपेल लाचुङ्पा विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

स्थानीय गैर-सरकारी संगठन ढुंकरद्वारा आयोजित प्रतियोगिताको मुख्य उद्देश्य हरित सिक्किमबारे जागरूक गराउनु रहेको छ। यस अवसरमा मुख्य अतिथि सचिव ग्याछोले 'आमाको नाममा एउटा रूख' अभियान अन्तर्गत विरुवा रोपे। कार्यक्रममा स्थानीय मानिसहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / प्रदीप / बिशाल


 rajesh pande