मंगन जिल्लाले गऱ्यो मैला बोक्ने नयाँ वाहनको शुरूवात
mangan


गान्तोक, 01 अगस्त (हि.स.)। मंगन जिल्लाका नगर पञ्चायत अध्यक्ष, उपाध्यक्ष र पार्षदहरूको उपस्थितिमा आज मंगन जिल्लाको निम्ति ल्याइएको मैला बोक्ने नयाँ वाहनलाई झण्डा हल्लाएर प्रस्थान गराइयो। यस वाहनले विशेष गरेर मंगन बजारको फोहोर मैला संकलन गरेर निर्दिष्ठ स्थानमा फ्याँक्ने छ।

आजदेखि शुरू भएको यस वाहन आकारमा अन्य फोहोर बोक्ने वाहनले प्रविधिमा उन्नत, फोहोर व्यवस्थापन कार्यहरूको दक्षता र प्रभावकारितामा उल्लेखनीय सुधार हुने जानकारी गराएको छ। यो वाहन १५औं वित्त आयोगबाट र नगर पञ्चायतको आफ्नै स्रोतबाट खरीद गरिएको हो।

मंगन नगर पञ्चायतले मैला बोक्ने वाहनको परिचय गराउँदै यसले मंगन बजारका मानिसहरूलाई राम्रोसँग सेवा गर्न र बढ्दो फोहोर व्यवस्थापन आवश्यकताहरूलाई सम्बोधन गर्न सक्षम बन्ने आशा व्यक्त गरे। यो गाडी सार्वजनिक सेवाहरू र वातावरणीय दिगोपन बढाउनको लागि समर्पित रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / प्रदीप / बिशाल


 rajesh pande