हरसिद्धिमा यूपीका व्यापारीबाट लुटियो 12 लाख रुपियाँ
हरसिद्धिमा यूपीका व्यापारीबाट लुटियो 12 लाख रुपियाँ


-चार लुटेरा पक्राउ, लुटेको साढ़े साठी हजार जफ्त

पूर्वी चम्पारण, 19अगस्त(हि.स.)। जिल्लाको हरसिद्धि थाना क्षेत्रमा यूपीका एकजना व्यसायीबाट अपराधीहरूले 12 लाख रुपियाँ लुटे। अपराधीहरूले व्यवासीलाई मरूञ्जेल कुटे पनि। घटना कृतपुर मठिया गाउँको हो। व्यवसायीले घाइते अवस्थामा घटनाको मौखिक सूचना हरसिद्धि थानालाई दिएर उपचार गर्नको निम्ति गोरखपुर गए।

लिखित सिकायत प्राप्त नभए पनि डीएसपी रञ्जन कुमारको टीम लुटकाण्डको खुलासा गर्नमा जुट्यो। परिणामस्वरूप टीमले लुटकाण्डको खुलासा गर्दै काण्डमा सामेल चारजना आरोपीहरूलाई पक्राउ गऱ्यो अनि आरोपीहरूबाट साढ़े साठी हजार रुपियाँ जफ्त गऱ्यो।

यसबारे जानकारी गराउँदै डीएसपी रञ्जन कुमारले बताए, उत्तर प्रदेशको गोरखपुरका व्यवसायी आनन्द प्रकाश ओझाले गए आइतवार हरसिद्धि थानाा आवेदन दिएर 12 लाख रुपियाँ लुटेको प्राथमिकी दर्ता गराएका थिए। उक्त प्राथमिकी अनुसार व्यवसायी आनन्द प्रकाशलाई च्यातिएको-चुट्टिएको 24 लाख रुपियाँको सट्टा 12 लाख रुपियाँ लिनको लागि बोलाइएको थियो। व्यवासायी रुपियाँ लिएर ठाउँमा पुगे, तर तिनीमाथि कुटपिट गरेर तिनीबाट 12 लाख रुपियाँ लुटियो।

घटनाको सिकायत पाउनसाथ डीएसपीको टीमले तुरून्तै कारबाही गर्दै उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको रोमल खानको छोरा शाहनवाज खान, हरसिद्धि थाना क्षेत्रको कृतपुर मठिया गाउँका तेजबहादुर सिंहको छोरा अमरेन्द्र सिंह, बगहा गाउँका राजाराम ठाकुरको छोरा रञ्जन कुमार उपनाम छोटन ठाकुर औ पहाड़पुर थाना क्षेत्रका कमाल पिपराका बिरेन्द्र प्रसादको छोरा सत्यम कुमारलाई पक्राउ गऱ्यो। यिनीहरूबाट लुटेको साढ़े साठी हजार रुपियाँ पनि जफत गरियो। छापामारी टीममेा डीएसपी बाहेक हरसिद्धि थानाध्यक्ष निर्भय कुमार, एसआई रविरञ्जन कुमार, पीएसआई अविनाश कुमार, अमित कुमार, चौकीदार तफसिर आलम एवं रामबाबू यादव सहित अन्य पुलिस कर्मी सामेल थिए।

उल्लेखनीय छ, यस ग्यांगको संचालन बगहाको छोटन ठाकुर र सत्यमले गर्दै आएको छ जसले बितेको दुई वर्षदेखिकै लुटपाटका घटनाहरूलाई परिणाम दिँदै आइरहेको छ। पुलिसले मामिलाको अनुसन्धान गर्दै ग्यांगको मुखियाको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande