मनी लण्ड्रिङ: लद्दाखमा ठूलो कारबाही, छापा
raid


लद्दाख, 02 अगस्त (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले शुक्रवार केन्द्र शासित प्रदेश लद्दाखमा आफ्नो पहिलो ठूलो कारबाही गर्दै नक्कली क्रिप्टोकरेन्सी अपरेटरसॅंग सम्बन्धित मनी लण्ड्रिङ जॉंच अन्तर्गत छापा मारेको छ। अधिकारीहरूले उक्त जानकारी दिए।

एजेन्सीले एआर मीर र अन्यहरू विरुद्ध लद्दाखको लेह, जम्मू र हरियाणाको सोनीपतमा कम्तिमा छ ठाउॅंमा छापा मारेको छ। हजारौं निवेशकहरूले नक्कली मुद्रामा पैसा जमा गरेको, तर उनीहरूले कुनै रिटर्न अथवा मुद्रा फिर्ता नपाएको आरोप छ। मनी लण्ड्रिङको मामिला लेह र केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा दर्ता एफआईआरबाट प्रकाशमा आएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande