रायपुर, 25 अगस्त (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले नशा मुक्त भारत अभियान अन्तर्गत नयाँ रायुपरमा आइतवार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को आंचलिक कार्यालयको उद्घाटन गरे। यस अवसरमा अमित शाहले अधिकारीहरूलाई भने, ड्रग्स तस्करीको जाँच साइन्टिफिक तरीकाले गरियोस्। टप टू बटम अप्रोचलाई अडोप्ट गर्नु पर्नेछ। एउटा दोकानमा नशाको प्याकेट आउँदा देशमा कहाँबाट आयो, कहाँ बन्यो, यसबारे पत्तो लगाउनु पर्नेछ। यसको नेटवर्कलाई नष्ट पार्नु पर्नेछ।
छत्तीसगढ़को तीन दिवसीय यात्राको अन्तिम दिन उद्घाटन कार्यक्रममा केन्द्रिय गृहमन्त्री शाहले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले साल 2047 मा जब देशको आजादीको शताब्दी मनाइनेछ तबसम्म यस देशलाई नशा मुक्त बनाउने संकल्प लिएका छन्। बिस्तारै यो संकल्प 140 करोड़ मानिसको संकल्प बन्दै गइरहेको छ। म भन्छु, नशामुक्त भारतको संकल्प समृद्ध-सुरक्षित र वैभवशाली भारतको संकल्पको निम्ति धेरै महत्वपूर्ण हो। एक प्रकारले हेऱ्यौं भने नारकोटिक्स केवल भारतकै समस्या नभएर वैश्विक समस्या हो, भारतलाई सबैभन्दा धेरै जागरूक रहने आवश्यकता छ।
उनले भने, विश्वका धेरै देश यस लड़ाईमा हार खाइसकेका छन्। भारतमा नारकोटिक्सको अवैध व्यापारबाट जुन धन अर्जित हुन्छ त्यो धन आतङ्कवाद-नक्सलवादलाई बलियो पार्ने काममा पनि लगाइन्छ। युवा पीढ़ीलाई बर्बाद पार्ने ड्रग्स तस्करहरूमाथि लगाम लाग्नेछ, उनीहरूलाई क्षमा गरिने छैन। यो युवा पीढ़ीलाई बर्बाद पार्ने तरीका हो। जीरो टलरेन्सको नीतिको साथ हामी देशलाई नारकोटिक्स फ्री बनाऔं, यो हामी सबैको दायित्व हो।
उनले भने, एनसीबीको यो नयाँ अफिस पाँच हजार वर्गफुटमा फैलिएको छ, जुन नारकोटिक्स कन्ट्रोलको निम्ति आफैमा कम्प्लीट अफिस हो। यसभित्र प्रेस कन्फ्रेन्स रूम समेत सबै व्यवस्थाहरू उपलब्ध छन्। यसले नारकोटिक्स कन्ट्रोलको निम्ति महत्वपूर्ण भूमिका निभाउनेछ। हरेक राज्यमा नारकोटिक्स कन्ट्रोल ब्यूरोको स्थापना गर्ने हाम्रो लक्ष्य हो। ड्रग ट्राफिकिङको ट्रेन्ड बद्लीरहेछ। यसका तस्करहरू तीव्र गतिमा अगाड़ि बढ़िरहेका छन्, जति कम मात्रामा ड्रग्स आउँछ र सबैभन्दा धेरै नाेकसान त्यहीबाट हुन्छ। छत्तीसगढ़मा यसको उपयोगको प्रतिशत 1.1 छ, जुन सबैभन्दा धेरै हो। एक प्रकारले छत्तीसगढ़मा गाॅंजाको तस्करी आन्ध्र प्रदेश र ओडिशाको सीमाबाट हुन्छ। छत्तीसगढ़मा गाॅंजाको नशाको उपयोग 4 प्रतिशत छ, जुन राज्य औसतभन्दा 2.83 प्रतिशत धेरै छ। यो हाम्रो निम्ति चिन्ताको विषय हो। जबसम्म हामी पूरा चेनलाई समाप्त गर्दैनौं तबसम्म यसको पूरा नेटवर्कलाई नष्ट गर्न सक्दैनौं।
उनले भने, ड्रग डिमान्ड डिडक्शनको निम्ति राष्ट्रिय कार्यालय अन्तर्गत यहाँ पुनर्वास केन्द्र चलिरहेको छ। छत्तीसगढ़का चीफ सेक्रेटरी, डीजीपीसित सातौं पुनर्वास केन्द्रको एप्लीकेशनमाथि ध्यान दिनुपर्ने अनुरोध छ। राज्य सरकारले पनि 14 नशा मुक्ति केन्द्र चलाइरहेको छ। सबै पुनर्वास र नशा मुक्त केन्द्रहरू हाम्रो लड़ाईको महत्वपूर्ण हिस्सा हुनुपर्छ। एनसीबीको आंकड़ा बताउँदै केन्द्रिय गृहमन्त्रीले भने, 10 वर्षमा 22 हजार करोड़को ड्रग्स सीज गरिएको छ। यसलाई रोक्न मानस पोर्टलको उपयोग गरिनुपर्छ। जोइन्ट कोअर्डिनेशन कमिटीको पनि उपयोग गरियोस्। फन्डिङको सोर्सको जाँच गरेर सम्पत्ति जफत गरियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल