पटना, 17 अक्टोबर (हि.स.)। बिहारमा चुनावी मोहलबीच ऱ्यालीहरू र जनसभाहरूको क्रमपनि शुरू भइसकेको छ। तमाम दलहरूका नेताहरूले मानिसहरूसित आ-आफ्नो उम्मेदवारहरूको पक्षमा भोट हाल्ने अपील गरिरहेका छन्। यही क्रममा केन्द्रिय गृहमन्त्री अमित शाहले पनि शुक्रवार सारण जिल्लाको तरैया विधानसभामा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार जनक सिंहको पक्षमा चुनावी सभा गरे।
जनसभालाई सम्बोधित गर्दै केन्द्रिय गृहमन्त्रीले भऩे, यस पाली बिहारमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को 20 वर्षमा सबैभन्दा ठूलो बहुमतको सरकार बन्नेछ। जुन प्रचारको शुरूआत सारणबाट हुन्छ, त्यसमा सदैव विजय नै हासिल हुन्छ। यदि लालू यादवको जंगलराज विरूद्ध लड्ने संकल्प लिनुछ र पूरा बिहारका युवाहरूलाई 20 वर्ष पहिले लालू-राबड़ीद्वारा बनाइएको स्थिति सम्झना गराउनुछ भने यसको निम्ति सारण-छपराभन्दा अधिक उचित स्थान कुनै छैन। उनले कार्यकर्ताहरूसित राज्यको आम जनतासम्म सरकारका उपलब्धीहरू र सन्देश प्रभावी ढंगले पुऱ्याउने आह्वान गरे।
अमित शाहले भने, हामी बिहारमा नीतीश कुमारको नेतृत्वमा लड़िरहेका छौं र देशभरिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा काम गरिरहेका छौं। यस पाली हामीले चार-चार दिवाली मनाउने अवसर पाइऱहेका छौं। पहिलो दिवाली जब प्रभु श्री राम वनवासबाट अयोध्या फर्केका थिए। उनी केही दिनपछि आउनेछन्। दोस्रो दिवाली समाप्त भयो, जब बिहारको हरेक जीविका दिदीको अकाउन्टमा नीतीश र मोदीजीले 10-10 हजार रूपियाँ पठाएका छन्। छठी मैयाको पूजा र दिवालीको दिन बिहारका आमा-बहिनीहरूको खाता खाली रहनेछैन। तेस्रो दिवाली वस्तु एवं सेवा कर (जीएसटी) को सुधारको साथ जब 395 चीजको दर कम गरियो र चौथो दिवाली 14 नोभेम्बरमा बन्नेछ, जब रेकर्ड मतहरूको साथ बिहारमा राजको सरकार बन्नेछ र लालू-राहुलको पत्ता साफ हुनेछ।
गृहमन्त्रीले भने, राजगको सरकारले राज्यका 1 करोड़ 67 लाख परिवारहरूलाई निःशुल्क बिजुली दिइरहेको छ। वृद्धा पेन्शन तीन गुणा बढ़ाइएको छ। अब बिहारमा कतै जानमा 5 घण्टाभन्दा अधिकको समय लाग्दैन। पहिले बिहारमा अपहरण र फिरौतीको इन्डस्ट्री चल्थ्यो। अब बिहारमा सड़क र उद्योग लगाउने काम राजग सरकारले गरिरहेको छ। 550 सालसम्म रामलला आफ्नो जन्मभूमिमा एउटा झोपड़ीमा विराजमान थिए। जब मन्दिर बनाउने कुरा उठ्यो तब कांग्रेस र उसका साथी दलहरूले विरोध गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले 2019 मा राम मन्दिरको भूमि पूजन गरे औं प्राण प्रतिष्ठाको साथ मन्दिरको भव्य निर्माण पूरा गराए। बिहारमा पनि सीतामढ़ीको पुनौराधाममा माता सीताको भव्य मन्दिर बनिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी