सिख समाजमा राहुल गान्धीको बयानलाई भाजपाले बतायो भड़काउ र अपमानजनक
सिख समाजमा राहुल गान्धीको बयानलाई भाजपाले बतायो भड़काउ र अपमानजनक


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। सिख समाजमा राहुल गान्धीको बयानमा भाजपा लगातार हमलावर छ। बुधवार भाजपाको आईटी सेल प्रमुख अमित मालवीयले भने, सिख समाजलाई भड्काउने र उनीहरूको अपमान गर्ने बयान राहुल गान्धीको पारिवारिक विरासत हो। इन्दिरा गान्धीदेखि लिएऱ राजीव गान्धीसम्म कांग्रेसले सिखहरूलाई केवल तिरस्कृत गऱ्यो र उनीहरू विरूद्ध हिंसा गऱ्यो।

बुधवार एक्स प्लेटफार्ममा अमित मालवीयले भने, भारतमा कुन सिखलाई गत दशकमा वा 1990 को दशकदेखि भाजपा शासित राज्यहरूमा पगड़ी वा कड़ा लगाउनमा समस्याको सामना गर्नु परेको छ ? कुन सिखलाई या सिखहरूलाई समुदायको रूपमा केवल एकपल्ट खतरा महसूस भएको थियो, त्यो त्यस समय महसूस भएकाे थियाे जब राजीव गान्धीले 1982 को एशियाई खेलहरू अघि सिखहरूलाई दिल्लीतिर जानदेखि रोकेका थिए र ती सबैलाई सम्भावित रूपमा ‘खतरा’ ठहर गरेका थिए।

उनले भनेका छन्, राजीव गान्धीको निर्देशमा हरियाणा पुलिस र दिल्ली पुलिसले बसहरू र कारहरूमा सिखहरूकाे अपमान गऱ्यो। सिख पहिचान र अस्तित्वमाथि अर्को हमला राहुल गान्धीको बोज्यू इन्दिरा गान्धीले गरिन्, जब उनले बिना कुनै तयारी र जमीनी स्थितिलाई बुझेर 'अपरेशन ब्लू स्टार' को आदेश दिइन्। उनले हरमन्दिर साहिब परिसरमाथि हमला गराइन् औं अकाल तख्तमाथि बम विस्फोट गराएर सिखहरूको धार्मिक भावनाहरूलाई आघात गरिन्। त्यो घाउँ अहिलेपनि भरेको छैन।

मालवीयले भने, सिख समुदायमाथि तेस्रो ठूलो हमला इन्दिरा गान्धीको हत्यापछि भयो, जब कांग्रेसका गुन्डाहरूको भीड़ले उनीहरूको हत्या र उनीहरूसॅंग लूटपाट गरे तथा मृत्यु र विनाशको एक गहिरो घाउँ छोड़े। हजारौं सिखहरूको नरसंहार गरियो। राहुल गान्धीले एकपल्ट फेरि त्यो घाउँहरूलाई कोटाइरहेका छन्।

उल्लेख्य, कांग्रेस सांसद राहुल गान्धीले अमेरिकामा दुई अलग-अलग विश्वविद्यालयहरूमा आफ्नो सम्बोधनमा सिख समुदायको उदाहरण दिँदै भने, भारतमा उनीहरूको धार्मिक आजादी खोसिॅंदैछ र राज्यहरूबीच मतभेद खड़ा गरिॅंदैछ अर्थात् संघवादको आधार तोड़िॅंदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande