प्रयागराज, 09 नोभेम्बर (हि.स.)। संगमनगरी पुगेका प्रसार भारतीका अध्यक्ष नवनीत सहगलले मण्डलायुक्त विजय विश्वास पन्त, मेला अधिकारी विजय किरण आनन्द र जिल्ला अधिकारी रविन्द्र कुमार मान्दडसॅंग बैठक गरेर महाकुम्भलाई दिव्य र भव्य बनाउनका लागि आकाशवाणी, दूरदर्शन र डीडी न्यूजको कवरेज एवं लाइभ प्रसारणमाथि चर्चा गरे।
जिल्ला सूचना कार्यालयले शनिवार जारी गरेको विज्ञप्ति अनुसार, प्रसार भारतीका अध्यक्षले तीर्थराज प्रयागमा जनवरीदेखि लाग्ने महाकुम्भलाई दिव्य र भव्य बनाउन दूरदर्शन, आकाशवाणी र डीडी न्यूजको सहभागिता रहने बताए। उनले दूरदर्शन आकाशवाणीको साथमा डिजिटल प्लेटफर्म यूट्युब र ग्लोबल न्यूज एजेन्सीको माध्यमले साहित्यिक, सामाजिक, सांस्कृतिक र सनातन परम्पराहरूसॅंग सम्बन्धित खबर लगभग 50 क्यामेरामा कैद गरेर विश्वसमक्ष प्रस्तुत गर्ने बताए।
दिल्लीबाट आएका दूरदर्शनका अधिकारीहरूले महाकुम्भका अधिकारीहरूलाई कवरेज र लाइभ प्रसारणको आफ्नो कुरा राखे र वृत्तचित्र फिल्म देखाए। मण्डलायुक्तले धर्मनगरीको बारेमा अवगत गराए र भने, तीर्थराज धार्मिक नगरी हो, यहॉंबाट वृत्तचित्र फिल्म बनाएर आफ्नो च्यानलको माध्यमद्वारा देखाउन सकिन्छ। मेला अधिकारी विजय किरण आनन्दले आकाशवाणी, दूरदर्शन र डीडी न्यूजलाई प्रसार भारतीका आवश्यकताहरू पूरा गर्ने आश्वासन दिए।
बैठकमा प्रेम प्रकाश शुक्ला महाकुम्भ नोडल अधिकारी, अभिषेक अग्रवाल डीडीजी, अनिल श्रीवास्तव एडीजी प्रसार भारती, रमेशसिंह चौहान, डिप्टी डायरेक्टर दूरदर्शन, प्रयागराज दूरदर्शन केन्द्र हेड, अभिषेक तिवारी, हर्षित श्रीवास्तव सलाहकार दूरदर्शन/आकाशवाणी र उमाशंकर गुप्ता, डीडी न्यूज रिपोर्टरसहित अन्य अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल