नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। वित्त वर्ष 2025-26 को केन्द्रिय बजेटका तयारीहरू शुरू भइसकेको छ। उद्योग जगतले हाैमा आफ्ना मागहरूसित सम्बन्धित सिफारिसहरू सरकारलाई सु्म्पिएको छ। यसबीच बजेटपूर्व परामर्श औ जीएसटी परिषदको लागि वित्तमन्त्री निर्मला सीतारमणले आगामी 21-22 दिसम्बरमा राज्यहरूका वित्तमन्त्रीहरूसित बैठक गर्न सक्नेछन्।
आधिकारिक सूत्रले मंगलवार बतायो, केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणको आगामी 21-22 दिसम्बरमा हुने बजेटपूर्व परामर्श एवं वस्तु सेवा कर (जीएसटी) परिषदको बैठक यसकारणले पनि महत्वपूर्ण छ, किनभने राज्यहरूका वित्तमन्त्रीहरूले आगामी एक फरवरीमा पेश गरिने वर्ष 205-26 को केन्द्रिय बजेटको लागि आफ्नो सिफारिस पेश गर्नेछन्।
यी दुई दिनमध्ये एक दिन जीएसटी परिषदको 55औं बैठक आयोजना हुनेछ जसमा स्वास्थ्य एवं जीवन बीमामाथि छुट वा जीएसटी दरलाई कम गर्नेमाथि बहुप्रतीक्षित महत्वपूर्अम निर्णय लिइने सम्भावना छ। यस अतिरिक्त राज्यमन्त्रीहरूको एक प्यानलको सिफारिस अनुसार केही सामान्य वस्तुहरूमाथि कर दरहरूलाई 12 प्रतिशतदेखि घटाएर 5 प्रतिशत बनाउने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा