नयाँ दिल्ली, 13 नोभेम्बर (हि.स.)। नीति आयोगका सदस्य (स्वास्थ्य) डा. वीके पलले बिहिवार भारत मण्डपममा आयोजित हुने 43औं भारत अन्तरराष्ट्रिय व्यापार मेला (आईआईटीएफ) मा स्वास्थ्य र परिवार कल्याण मन्त्रालयको स्वास्थ्य मण्डपको उद्घाटन गर्नेछन्।
यस वर्षको मण्डप 'एक स्वास्थ्य' को विषयमाथि केन्द्रित छ- एक व्यापक दृष्टिकोण जसले मानव, पशु, बिरूवा र पारिस्थितिकी तन्त्रको स्वास्थ्यको अन्तर्सम्बन्धमाथि जोड दिँदछ। यो जानकारी स्वास्थ्य मन्त्रालयले बुधवार दिएको हो।
मन्त्रालयले भनेको छ, जानकारीपूर्ण स्टलहरूको माध्यमले मण्डपले स्वास्थ्य सेवामा मन्त्रालयका प्रमुख उपलब्धीहरूलाई प्रस्तुत गर्नेछ, जसमा जीवनको हरेक चरणमा आधारित कार्यक्रमहरू र पहलहरूमाथि प्रकाश पारिनेछ। यसमा यू-विन एप लाञ्च, जसले गर्भवती महिलाहरू र नानीहरूको निम्ति निःशुल्क टीकाकरणको सुविधा दिँदछ, आयुष्मान भारत- प्रधान मन्त्री जन आरोग्य योजना (एबी-पीएमजेएवाई) मा अब अतिरिक्त 5 लाख रूपियाँको टप-अप कवरको साथ 70 नर्षभन्दा अधिकका वरिष्ठ नागरिक सामेल छन्। मण्डपले सबैको निम्ति सुलभ, गुणवत्तापूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने भारतको प्रय़ासहरूलाई चित्रित गर्नेछ। यसका साथै इन्टरएक्टिव स्क्रीनिङ र इन्स्टलेशनको माध्यमले आगन्तुकहरूलाई एचआईवी, मधुमेह, उच्च रक्तचाप र अन्य गैर-संचारी रोगहरू (एनसीडी) का लागि स्क्रीनिङ र परामर्श सत्रमा भाग लिने अवसर प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी