गुरूपर्व मनाउनका लागि 763 भारतीय श्रद्धालुहरूको टोली पाकिस्तान प्रस्थान
गुरूपर्व मनाउनका लागि 763 भारतीय श्रद्धालुहरूको टोली पाकिस्तान प्रस्थान


चण्डीगढ़, 14 नोभेम्बर (हि.स.)। भारतीय सिख श्रद्धालुहरूको एक टोली गुरू नानक देवको 555औं प्रकाश उत्सव पर्व मनाउनका लागि बिहिवार अटारी-बाघा बर्डरको बाटो पाकिस्तानको निम्ति प्रस्थान भयो। यो टोली 10 दिनपछि 23 नोभेम्बरमा भारत फर्किनेछ। पञ्जाब समेत भारतका अलग अलग राज्यहरूबाट आएका 763 श्रद्धआलु सतनाम वाहेगुरूको जयकाराबीच प्रस्थान भए।

शिरोमणि गुरूद्वारा प्रबन्धक कमिटीका सचिव सरदार प्रताप सिंहले भऩे, 2244 तीर्थयात्रीहरूको पासपोर्ट दिल्ली स्थित पाकिस्तान उच्चायोगलाई पठाइएको थियो, जसमध्ये दूतावासले 763 तीर्थयात्रीलाई भीसा जारी गरेको छ। दूतावासको तर्फबाट 1481 तीर्थयात्रीलाई भीसा दिइएन। भारी संख्यामा सिख तीर्थ यात्रीहरूको भीसा रद्द गरिनु दुर्भाग्यपूर्ण हो। टोलीको नेतृत्व शिरोमणि कमिटीका सदस्य गुरनाम सिंह जसलले गरिरहेका छन् जबकि टोलीको उपनेता शिरोमणि कमिटीका सदस्य बीबी शरणजीत कौर र जनरल मेनेजरको रूपमा प्रभारी पलविन्दर सिंह र गुरूमीत सिंह हुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande