यूपीएससीले संयुक्त चिकित्सा सेवा परीक्षा-2024 को परिणाम घोषित गऱ्यो
यूपीएससीले संयुक्त चिकित्सा सेवा परीक्षा-2024 को परिणाम घोषित गऱ्यो


नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। संघ लोक सेवा आय़ोग (यूपीएससी) ले बिहिवार संयुक्त चिकित्सा सेवा (सीएमएस) -2024 को अन्तिम परिणाम घोषित गरेको छ। यूपीएससीले एक आधिकारिक प्रेस विज्ञप्ती जारी गरी भनेको छ, सम्मिलित चिकित्सा सेवा परीक्षा, 2024 को लिखित परीक्षा (भाग- I) तथा त्यसपछि सेप्टेम्बरदेखि नोभेम्बर 2024 सम्म आय़ोजित व्यक्तित्व परीक्षण (भाग-II) को परिणामको आधारमा अन्तिम परिणाम तयार गरिएको छ। श्रेणी-1 को निम्ति कूल 165 उम्मेदवारलाई तथा श्रेणी-II को निम्ति 600 उम्मेदवारलाई अनुशंसित गरिएको छ। यस बाहेक 304 अनुशंसित उम्मेदवारको उम्मेदवारी प्रोविजनल छ।

संयुक्त चिकित्सा सेवा परीक्षा, 2024 को अन्तिम परिणाम यूपीएससीको आधिकारिक वेबसाइटमा हेर्नसकिन्छ। उपर्युक्त पदहरूमा नियुक्तिहरू उपलब्ध रिक्त स्थानहरूको संख्या अनुसार गरिनेछ तथा उम्मेदवारहरूद्वारा सबै निर्धारित पात्रता शर्तहरू पूरा गर्दा तथा सबै पूर्व- नियुक्ति औपचारिकताहरू र सत्यापनहरूलाई सन्तोषजनक तरीकाले पूरा गरेपछि हुनेछ। पदहरूमा उम्मेदवारहरूको आवंटन उनीहरूद्वारा प्राप्त ऱ्याङ्क तथा उनीहरूद्वारा व्यक्त गरिएको वरीयता अनुसार गरिनेछ। पऱीक्षामा सफल भएका उम्मेदवारहरूलाई नियुक्तिको प्रस्ताव तबसम्म जारी गरिनेछैन जबसम्म आय़ोगले यस्ता उम्मेदवारहरूबाट अपेक्षित मूल दस्तावेजहरूको सत्यापन गर्दैन।

संघ लोक सेवा आय़ोगको परिसरमा परीक्षा भवन नजिक एक 'सुविधा काउन्टर' छ। उम्मेदवारले यस परीक्षासित सम्बन्धित कुनैपनि जानकारी वा स्पष्टीकरण कार्य दिवसहरूमा बिहान 10 बजीदेखि साझँ 5 बजीबीच यस काउन्टरबाट व्यक्तिगत रूपमा या टेलीफोन नम्बर 011-23385271 र 011-23381125 मा प्राप्त गर्नसक्छऩ्। परिणामको प्रकाशनको मितिदेखि 15 दिनभित्र मार्कशीट आयोगको वेबसाइटमा उपलब्ध हुने अनुमान छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande